बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वरिष्ठ अधिवक्ताहरु सम्मानित

वरिष्ठ अधिवक्ताहरु सम्मानित


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७९, मंगलबार

बागलुङ/उच्च अदालत बार एसोसिएसन बागलुङले दुइ जना बरिष्ठ अधिवक्तालाई सम्मान गरेको छ ।
हालै सर्बोच्च अदालतबाट बरिष्ठ अधिवक्ताको पद पाएका अधिवक्ता काजी गाउँले श्रेष्ठ र हरिप्रसाद शर्मालाई बारले सम्मान गरेको हो । एक महिना अघि सर्बोच्चबाट प्रमाणपत्र पाएर फर्केका दुवैलाई संविधान दिवशको अबसर पारेर आयोजित एक कार्यक्रममा बारले सम्मान गरेको हो ।

कार्यक्रममा उच्च अदालत बागलुङका मुख्य न्यायाधीश कृष्ण गिरि, जिल्ला न्यायाधिस डा. दिवाकरण भट्ट, बारका पूर्व अध्यक्षहरु भूमिश्वर गौतम, राम शर्मा लगायतले सम्मान गरेका हुन् । सम्मानपछि वरिष्ठ अधिवक्ता काजी गाउँलेले ४ दशक लामो वकालतको क्रममा जनतालाई न्याय दिने काम मात्र नभइ नागरिक अधिकार रक्षाकालागि लड्न पाएको बताए । उनले कांग्रेस नेता रामचन्द्र पौडेल देखि धेरै राजनीतिक बन्दीको अधिकार रक्षामा लड्न पाएको, सार्वजनिक जग्गाको संरक्षण गर्न पाएको समेत धारणा राखे ।

अर्का सम्मानित शर्माले कानून व्यवसायीको एकजुटपन भएमा अन्य धेरै सम्मानका काम गर्न सकिने बताए । उनले अहिले सम्म बारले आफ्नो गरिमा बचाउन सकेको समेत बताए । बागलुङमा यसअघि पद्मनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे र गणेशबहादुर कुँवर बरिष्ठ अधिवक्ता छन् । अर्का बरिष्ठ अधिवक्ता डा. भूपेन्द्र खड्काको भने गत बर्ष निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->