बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति महासंघको ध्यानाकर्षण

पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति महासंघको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७९, बिहिबार

बागलुङ/ नेपाल पत्रकार महासंघका सदस्य तथा इलाका खबरका सम्पादक सुर्य बहादुर विश्वकर्मामाथी ज्यानमार्ने धम्की आएको प्रति पत्रकार महासंघ बागलुङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार पत्रकार महासंघ बागलुङका सचिव विजयले एक प्रेस विज्ञप्ती जारी गर्दै बागलुङ नगरपालिका–८ सिगानाका पत्रकार बिक र उनको परिवारलाई अमुक निकायबाट आएको ज्यानमार्ने धम्कीको ध्यानाकर्षण भएको जनाए ।

गणेश ग्यामिङ नामक फेसबुक आईडि मार्फत पत्रकार बिक सहित परिवारलाई मार्ने धम्की आएको हो । निर्वाद रुपमा पत्रकारिता गर्ने कार्यालाई निरुत्साहित गर्नका लागि धम्की आएको भन्दै पत्रकार महासंघ बागलुङ शाखाले बिकको सुरक्षाको समेत माग गरेको छ ।

ज्यानमार्ने धम्की पश्चात प्रहरी र प्रशासनमा पटकपटक छलफल गर्दा समेत दोषी पत्ता नलाग्नु भनेको फितलो सुरक्षा व्यवस्था भएको निश्कर्ष निकाल्दै बिकको जिउधनको सुरक्षाको समेत पत्रकार महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->