बागलुङ/उच्च अदालत बागलुङले शुक्रबार बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पनन गरेको छ । अदालतले बार र बेञ्चबीचको सम्बन्ध सुमधुर बनाउने र चाडपर्वलाई उत्सवमय बनाउन कार्यक्रम गरेको जनाइएको छ ।
उक्त अवसरमा उच्च अदालत बागलुङका मुख्य न्यायाधीश कृष्ण गिरीले चाडपर्वले नेपालीलाई न्यायमा पहुँचको अबस्था ल्याउन प्रेरणा मिलनुपर्ने बताए । उनले आम नागरिकमा सकारात्मक सोचको विकास भएमा कानूनी शासन स्थापना गर्न सहयोग पुग्ने पनि बताए । कार्यक्रममा सहभागीले संविधान पालकहरुबाट संविधान च्यातिने अवस्था आउन नहुने भन्दै राज्यमा आएको विचलनमा कानून व्यवसायीले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
मुख्य न्याायाधीश गिरीकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का न्यायाधिस माधवेन्द्र रेग्मी, बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अखिलनाथ शर्मा, पूर्वअध्यक्षहरु भूमिश्वर गौतम, राजु गौतम र केशवराज पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उच्च अदालतले वरिष्ठ अधिवक्ता काजी गाउँले र हरिप्रसाद श्रेष्ठलाई सम्मान गरेको थियो । न्यायाधीशसहित अदालतका रजिष्टार नेत्रप्रसाद भुषालले अदालतको गरिमा बढाउन वरिष्ठ अधिवक्ताहरुको
उपस्थिति महत्वपूर्ण हुने बताए ।
यसैबीच, धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थी र प्राध्यापकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिबिएस तेस्रो बर्वामा अध्ययनरत विद्यार्थीले आयोजना गरेको कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले चाडपर्व मनाउँदा तडकभडक नगरी सामान्य गर्न सुझाए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेय, भक्तिराम सुवेदी, विद्यार्थी नेता सुदीपसागर कंडेल तथा अध्ययनरत विद्यार्थीले शुभकामना मन्तव्य राखेको कार्यक्रम संचालक विजय गौतमले बताए ।





