शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

४ महिनापछि खुल्यो भकिम्ली सडक

४ महिनापछि खुल्यो भकिम्ली सडक


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७९, शनिबार

बेनी /गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि सिधा सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । ‘अब ठूला सवारीसाधन पनि नियमित आवतजावत गर्न मिल्छ,‘बाटो अवरुद्ध हुदाँ भकिम्लीबासीले धेरै सास्ती खेप्नुपरेको थियो’ भकिम्लीका यूवा याम घर्तीमगरले भने ।

उनका अनुसार बर्खा लागेपछि केही समय मोटरसाईकल मात्रै आवतजावत गर्ने बाटो बनाइएपनि लगातारको बाढीपहिरोले बगाएपछि भकिम्लीबासीले पैदलमार्गको प्रयोग गरी सदरमुकाम बेनीसम्म जानुपर्ने बाध्यता थियो । पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए ।बेनी नगरपालिका र स्थानीयले समेत श्रमदान गरेर खोल्ने प्रयास गरेपनि असफल भएपछि अलपत्र अवस्थामा रहेको सडक मर्मतसम्भारका लागि कृष्ण छन्त्यालको अध्यक्षतामा उपभोक्ता समिति समेत बनाइएको थियो । गत वर्ष ढलानसहितको सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो ।पहिराले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ ।

भकिम्ली हँुदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो ।करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिम बन्दै गएकाले अहिले मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदम पुनले बताए ।

‘नयाँ ट्याक खुलेपनि केही ठाउँमा बर्षेनी सताउने गरेको छ,‘मर्मतपछि स्थानीयलाई घुमाउरो र बैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ’ अध्यक्ष पुनले भने ।एकबर्ष अगाडी ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्भे भएको थियो । यो सडक विस्तार, स्तरोन्नतीमा स्थानीयको चन्दा सहितको श्रमदान रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->