शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

वर्षासँगै हिमाल पारीको जिल्ला मनाङमा हिमपात

वर्षासँगै हिमाल पारीको जिल्ला मनाङमा हिमपात


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७९, बिहिबार

चामे/मनाङका नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो । मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको र बिहिबार दुई गाउँपालिकामा हिमपात भएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।

उनका अनुसार वर्षासँगै उच्च भेगमा हल्का हिमपात भएको छ । मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले पर्यटक, पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ ।

प्रशासनले सम्बन्धित कार्यालय र सरोकारवालालाई पूर्व सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->