शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीमा काँग्रेसलाई १०, माओवादीलाई ६, एस र जनमोर्चालाई १/१ सिट भागबण्डा (सूचीसहित)

गण्डकीमा काँग्रेसलाई १०, माओवादीलाई ६, एस र जनमोर्चालाई १/१ सिट भागबण्डा (सूचीसहित)


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७९, शुक्रबार

पोखरा / सत्ता गठबन्धनबीच प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमति कायम भएको छ । सहमतीमा गण्डकी प्रदेशमा नेपाली काँग्रेसले प्रतिनिधीसभामा १० र प्रदेशसभामा २३ निर्वाचन क्षेत्र प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले प्रतिनिधीसभामा ६ र प्रदेशसभामा ११ निर्वाचन क्षेत्र प्राप्त गरेको छ । एकिकृत समाजवादीले प्रतिनिधीसभामा १ र प्रदेशसभाका २ वटा निर्वाचन क्षेत्र प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाले प्रदेशभरीमा प्रतिनिधीसभाको एउटा निर्वाचन क्षेत्र प्राप्त गरेको छ ।

काँग्रेसलाई प्रतिनिधीसभातर्फ कास्की १, तनहुँ १ र २, स्याङजा १ र २, गोरखा १, नवलपुर १, मनाङ, मुस्ताङ र पर्वत परेको छ । माओवादी केन्द्रलाई कास्की ३, गोरखा २, बागलुङ २, नवलपुर २, म्याग्दी र लमजुङ परेको छ । एकिकृत समाजवादीलाई कास्की २ र जनमोर्चालाई बागलुङ १ परेको छ ।

प्रदेशसभातर्फ काँग्रेसलाई बागलुङका ४ वटा, म्याग्दीका २ वटा, मुस्ताङका २ वटा, लमजुङको २ वटा, गोरखा १ को २ र २ को १, मनाङको २, कास्की १ को २, २ को २ र ३ को २, तनहुँ १ को १ र २ को २, स्याङजा १ को २ र २ को २, नवलपुर १ को १ र २ को २ तथा पर्वतको २ नं. प्रदेशसभा परेको छ ।

प्रदेशसभातर्फ माओवादी केन्द्रलाई गोरखा १ को १ र २ को २, मनाङको १, कास्की १ को १, २ को १ र ३ को १, तनहुँ १ को २ र २ को १, स्याङजा १ को १ र नवलपुर १ को २ प्रदेशसभा परेको छ ।

एकिकृत समाजवादीलाई प्रदेशसभामा स्याङजा २ को १ र नवलपुर २ को २ परेको छ । जनमोर्चालाई प्रदेशसभामा कुनै पनि क्षेत्र परेको छैन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको एक नेताले वताए ।

गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

हेर्नुहोस सत्तारुढ गठबन्धनबीच भएको सहमति:

 


प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->