काठमाडौं /निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको प्रतिनिधिसभा तर्फका समानुपातिक सूची आज बिहान सार्वजनिक गरेको हो ।
आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
हेर्नुहोस् दलहरुको समानुपातिक सूची:





