शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

उम्मेदवारीमा असहमती जनाउदै माओवादी कास्कीका ३७ जनाले दिए सामुहिक राजीनामा

उम्मेदवारीमा असहमती जनाउदै माओवादी कास्कीका ३७ जनाले दिए सामुहिक राजीनामा


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

पोखरा / नेकपा माओवादी केन्द्र कास्कीका ३७ नेताहरुले सामूहिक राजीनामा बुझाएका छन् । कास्की क्षेत्र नम्बर ३ ‘क’ मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका हुन् । प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेल लगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् ।

‘प्रदेश ३ ‘क’ को उम्मेदवार प्रदेश ३ ‘ख’ बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरूले संयुक्त राजीनामा दिएका छौँ,’ राजीनामा पत्रमा उल्लेख छ । गठबन्धनको तर्फबाट माओवादीले कास्की ३ ‘क’ मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी प्रति यहाँका माओवादी नेता कार्यकर्ता रुष्ट छन् ।
संयुक्त राजिनामा पत्र :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->