शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गाडी आयातको प्रतिबन्ध हटाउँदै सरकार

गाडी आयातको प्रतिबन्ध हटाउँदै सरकार


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७९, मंगलबार

काठमाडौं/सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो । सरकारले सवारीसाधनसहित १० वटा वस्तुमा प्रतिबन्ध लगाएको थियो ।

विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै आयात प्रतिबन्ध लगाएको सरकारले अन्य वस्तुको आयात प्रतिबन्ध भने हटाइसकेको छ । यस्तै भदौ १४ गते एम्बुलेन्सबाहेकका निजी गाडी, ३ सय डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा आयातमाथि प्रतिबन्ध यथावत राखिएको थियो ।

आयात प्रतिबन्धको निर्णय मन्त्रिपरिषदबाट हुन्छ । सोको सूचना राजपत्रमा प्रकाशित गरिन्छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार अहिले चार वस्तु आयातमा प्रतिबन्ध छ । जुन असोज २८ गतेसम्म कायम रहनेछ ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार अर्थमन्त्री जनार्दन शर्मा गाडी आयात खुलाउने पक्षमा छन् । तर, उद्योग तथा वाणिज्य मन्त्रालयसँग आयात प्रतिबन्ध लगाउने विषयमा अहिलेसम्म छलफल भएको छैन । अहिले अर्थमन्त्री अमेरिकामा छन् ।

अर्थमन्त्री शर्माले ईभी नाडा अटोसोमै भनेका थिए, ‘विदेशी मुद्रा सञ्चिती कम भएपछि केही वस्तु आयातमा प्रतिबन्ध लगाउनुपरेको थियो । अब अर्थतन्त्रका सूचकहरु राम्रा भएका छन् । यो निर्णयलाई सरकारले पुनर्विचार गर्नुपर्नेछ ।’

उद्योग वाणिज्य मन्त्रालयका अधिकारीका अनुसार असोज २८ अगावै मन्त्रिपरिषदले कुनै निर्णय गरेन भने प्रतिबन्ध स्वतः फुकुवा हुनेछ ।

कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हीरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, खेलौना, तासको आयात खुलिसकेको छ ।

सरकारले आयात प्रतिबन्ध गर्दा सरकारकै राजस्वमा समेत धक्का लागेको छ । व्यापारीहरुले आयात प्रतिबन्धका कारण सरकारको राजस्व गुमेको र व्यापारीले पनि व्यापार गर्न नपाएको भन्दै आयात खुलाउन माग गरिरहेका छन् । आयात प्रतिबन्ध गर्दा नाडाले यसपटक सवारीसाधनको एक्स्पो गर्न सकेन । तर, विद्युतीय सवारीसाधनको भने पहिलोपटक एक्स्पो भयो ।

अर्थमन्त्री शर्माले सवारीसाधनको आयात खुल्ने सिग्नल विभिन्न सार्वजनिक कार्यक्रममै दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->