बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको राङ्खानीमा पिकअप खस्दा तीन जना घाइते

बागलुङको राङ्खानीमा पिकअप खस्दा तीन जना घाइते


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७९, शुक्रबार

बागलुङ/ बिजुलीको सामान बोकेर गएको पिकअप जिप सडक देखि खस्दा तीन जना घाइते भएका छन् । बागलुङको जैमिनी नगरपालिका वडा नंं १० राङखानीको डा“डाखानीमा शुक्रवार दिउसो ध १ च ६२ नम्बरको जिप सडक देखि १ सय मीटर तल खसेको थियो ।

घटनामा बागलुङको बडिगाड गाउ“पालिका वडा नंं ७ का २५ बर्षिय संजय राम्जाली र चुडाबहादुर श्रीष गम्भिर घाइते भएको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए । घटनामा जिपका चालक जैमिनी १० का ३५ बर्षिय भरत पुनपनि घाइते छन् । घाइते सबैलाई इलाका प्रहरी कार्यालय कुश्मीसेराको टोलीले उद्दार गरेको छ । गम्भिर घाइतेको उपचारकालागि हेलिकोप्टर मार्फत पोखरा लैजान पहल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->