बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा एक महिला मृत भेटिईन्

बागलुङमा एक महिला मृत भेटिईन्


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७९, आइतबार

बागलुङ/ बागलुङमा एक महिला मृत भेटिएकी छन् । बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० बर्षिय फुलमायाँ माझी शनिबार साँझ मृत भेटीएकीहुन् ।

बागलुङ पोखरा राजमार्ग अन्तरगत बागलुङ नगरपालीका–१ को गणेशघुम्ती नजिकैको भीरमा शनिबार साँझ ९ बजे उनको शव भेटीएको थियो । परिवारले राती अवेरसम्म घर नआएपछि माझिलाई खोजी गर्दा भीरमा बेबारीसे अबस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । प्रहरी पुग्दा माझिलाई परिवारले धौलागिरी अस्पताल पु¥याईसकेको थियो ।

उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । माझिको मृत्युको बिषयमा अनुसन्धान भैरहेको थापाले बताए । ‘ज्याला मजदुरी गरेर खाने मान्छे भीरमा मृत भेटिनुभएको छ, बाहिरी चोट केही देखिँदैन्’ थापाले भने ‘हामि अनुसन्धानकै क्रममा छौं, पोष्टमार्टम पछि बाँकी बिषय खुल्ला ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->