सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पदक तालिकामा विभागिय क्लब हाबी

पदक तालिकामा विभागिय क्लब हाबी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७९, बुधबार

पोखरा/गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदकमा विभागिय ३ क्लब हाबी भएका छन् ।

बुधबारसम्म भएको विभिन्न खेलहरुको पदक तालिका अनुसार त्रिभुवन आर्मी पहिलो, पुलिस दोस्रो र एपिएफ तेस्रो स्थानमा रहेका छन् ।
हालसम्म ९ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ कास्य पदक सहित कुल २४८ पदक हात पारिसकेको छ ।

दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्यपदक सहित १३५ पदक जितेको छ।
अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्य पदक सहित कुल १४६ पदक हात परेको छ ।

यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कास्य पदक सहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कास्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कास्य सहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्य सहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन्।

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->