बागलुङ /कृतिम बौद्दिकता अर्थात एआइको जमाना आइसकेपछि सबै खालका काममा यो प्रयोग हुन थालेको छ । बागलुङका स्वास्थ्य संस्थामा एआइको प्रयोग गरेर क्षयरोगको परीक्षण समेत गरिने भएको छ ।
बागलुङ नगर स्वास्थ्य शाखाको आयोजना र प्रदेश जनस्वास्थ्य काार्यलय बागलुङको समन्वयमा अमालाचौरमा ‘एआइ अभिमुखीकरण’ कार्यक्रमपछि यहाँका नागरिकलाई एआइ विधिबाट परीक्षण गर्ने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
शुक्रवार अमलाचौरमा भएको कार्यक्रममा बलेवा क्षेत्रका अमलाचौर, पैयुँपाटा र नारायणस्थानका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधि समेतलाई क्षयरोग, मधुमेहका बिरामी, कुपोषण भएका तथा जेष्ठनागरिकमा आउने समस्या बारे अभिमुखीकरण गरिएको थियो । उक्त अभिमुखीकरण मार्फत नागरिकलाई समयमा स्वासथ्य परीक्षण नगर्दा लाग्न सक्ने क्षयरोग र अन्य समस्या बारे पनि जानकारी दिइएको थियो ।
जोखिम युक्त समूहमा एआइ प्रविधिद्वारा क्षयरोग खोज पड्ताल तथा सो बारे अभिमूखिकरण कार्यक्रम गरी नागरिकलाइ सचेत समेत बनाइएको हो । पछिल्लो समय बागलुङमा क्षयरोगका बिरामी धमाधम भेटिन थालेका छन् । उनीहरुलाइ समयमा उपचारको दायरामा ल्याएर निको बनाउने लक्ष्य कार्यालयले राखेको छ । नगर स्वास्थ्यले पनि यो अभियान चलाएकोले फरक प्रकृतिको कार्यक्रम मार्फत लक्षित समूहलाई जोडेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
यो अभिमुखीकरण पछि अजोस २६ गते काठेखोला गाउँपालिका वडा नंं १ को पालामा र २७ गते बागलुङ नगरपालिका वडा नंं १२ को अमलाचौरमा लक्षित समुदायालई परीक्षण गरिने घिमिरेले जानकारी दिए । शुक्रवार भएको कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र पोखराका प्रमुख डा. मनमोहन मिश्रले एआइको प्रयोग र त्यसको प्रभावकारिता बारे जानकारी गराए । परंपरागत बिधि भन्दा यो विधि भरपर्दो हुने चिकित्सकहरुको भनाइ छ ।
बानपा १२ का अध्यक्ष कोपिलामणी शर्माको अध्यक्षता, अमलाचौर स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद शर्माको संचालनमा सम्पन्न कायृक्रममा वडा नं १४ का अध्यक्ष चक्रबहादुर खत्रीले शुभकामना दिए । कार्यक्रममा घिमिरेले प्राविधिक शत्रको सहजीकरण गरेका थिए । बागलुङमा यो विधि भित्राउने काम नयाँ भएको समेत स्वास्थ्यकर्मीले बताए ।
क्षयरोग प्राय खकारको परीक्षणमा देखिन्छ । खकारमा देखिएन भनेपनि एआइ विधिबाट क्षयरोगको संभावना भएको छिटो पत्ता लाग्ने नगर स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद खनाल बताउँछन् । एआइले औषधी चलाउनुपर्ने नपर्ने पहिचान गर्छ । लुकेको फोक्सोको क्षयरोग पत्ता लगाउँने समेत उनले बताए । सबै प्रदेशमा एकएक मेसिन मात्र भएकोले यो विधि महंगो रहेको उनले बताए । तर यो विधिले रोग पत्ता लाउने संभावना बढी हुने उनले बताए ।
यो क्षेत्रमा बढी मानिसमा मधुमेह र कुपोषण समेत देखिएकोले ती क्षेत्रमा लगेर परीक्षण गर्न लागिएको समेत खनालले जानकारी दिए । नगरपालिकाले बागलुङ कारागाका बन्दीलाईपनि एआइ विधिबाट क्षयरोग परीक्षणको योजना बनाएको छ । धेरै जना एकै ठाउँमा बस्ने भएकोले सुसुप्त रहेको लक्षण बाट पनि अन्यमा सर्ने खतरा रहेकोले यो कार्य गर्न लागेको उनले बताए ।





