बागलुङ/ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो । धौलागिरी आयुर्वेद औषधालय बागलुङले यस बर्षदेखि नागरीकहरुलाई रोग लाग्नै नदिने उपायहरुका बिषयमा जानकारी दिन नयाँ अभियान सुरु गरेको छ ।
एलोपेथिक उपचार बिधिका बिषयमा नागरीकको घर घरमा पुगेर सचेतना तथा खोप अभियानहरुमा खटिने गरेका सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बागलुङमा आयुर्वेदीक उपचार पद्धती र आरोग्यताका बिषयमा सचेतना लिएर घर घरमा पु¥याईने भएको हो । धौलागिरी आयुर्वेद औषधालयले दुई दिने अभिमुखीकरण गरेर महिला स्वास्थ्य स्वयंसेवीकालाई आयुर्वेदीक जीवन पद्धती र आरोग्य जीवनबारे जानकारी गराएको छ ।
उनीहरुले सिकेका बिषय अव समुदायमा अन्य अभियानहरु जस्तै नागरीक तहमा पुग्ने छन् । धन्वन्तरी दिवसको अवसर पारेर औषधालयले पहिलो चरणमा बागलुङ नगरपालिकाका केही वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण गरेको छ । ‘स्वास्थ्य क्षेत्रको महत्वपूर्ण पाटो आयुर्वेदलाई स्वास्थ्य महलमै समावेश गरिएको छ तर यसको प्रचार र प्रबद्र्धन हुन सकेको छैन्’ धौलागिरी आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा. सरोज कुमार रायले भने ‘अब हामी एलोपेथिक र आयुर्वेदिक जीवन पद्धतीलाई सँगै विकास गरेर लैजान्छौं ।’





