आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पौदेलीले अझै मनाउँछन् १७ औं शताव्दीको न्वागी

पौदेलीले अझै मनाउँछन् १७ औं शताव्दीको न्वागी


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७९, शनिबार

बागलुङ/बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आगामी मंसिर पाँच गतेदेखि न्वागी खाने पर्व हुँदैछ । वर्षेनि धानबाली भित्र्याएपछि मंसिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाइ खाने प्रचलन छ । ज्योतिषले निकालेको शुभमूर्हतमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत हुनेछ ।

गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे । विसं. १७३४ सालदेखि बागलुङ पश्चिमको बडिगाड गाउँपालिका–५ खारमा यस्तै एक पर्व मनाइन्छ । जहाँ पुर्खाको योगदान, सहयोगि भवना र स्थानीयको खुसी समेटिएको छ ।

१२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसे र चौबीसे राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भू–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा पर्दथ्यो । साथै, दगाको केही क्षेत्र मुसिकोटको मौजासमेत रहेको इतिहास छ ।

सोही इतिहाससँग जोडिएको पौदीं क्षेत्रको आफ्नो छुट्टै इतिहास रहेको छ । बागलुङको साबिक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदीं क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको उल्लेख्य बस्ती रहेको र उनिहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । जुन शब्दपछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड–५ का स्थानीय कृष्णबहादुर घिमिरेले बताए । ‘रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ’ घिमिरेले भने ।

मध्यकालीन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रम्मा एक समय ईस्मा राज्यको सिमाना साबिकको ग्वालीचौर गाविसको दारेगौंडासम्म आइपुगेको थियो । तर, उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहकोे र यसै खुशीयालीमा न्वागी पर्व मनाउन थालिएको घिमिरेले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->