आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कास्कीमा मतपेटिका फुटाउने ३ पक्राउ

कास्कीमा मतपेटिका फुटाउने ३ पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • मंसिर ४ २०७९, आइतबार

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रेमा मतपेटिका फुटाउने नेकपा बहुमतका ३ कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

विहान १० बजेर ४५ मिनेटको समयमा मतदान गर्ने जाने हिसाबले मतदान केन्द्रमा पुगि मत हाल्ने क्रममा नेकपा बहुमतका ३२ वर्षिय सूर्य परियारले मतपेटिका फुटाएका हुन् ।

उनी माछापुच्छे्र गाउँपालिका ९ का हुन् । उनले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको भोट मटपेटिकामा खसाली उक्त मतपेटिका उचाले भुईमा बजारेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रवक्ता एवम् डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्य दुई कार्यकता समेत पक्राउ परेका हुन् पक्रा पर्नेमा नेकपा बहुमतका निशान कुमार पुन र हरिबहादुर विष्ट रहेका छन् ।

मत पेटिका फुटाउपश्चात अवरुद्ध भएको मतदान ११ बजेर १० मिनेटबाट पुनः सुचारु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

उता नेकपा बहुमतले भने पक्राउ परेका ३ जनालाई तत्काल रिहा गर्न माग गरेको छ । नेकपा बहुमत कास्कीका संयोजक बद्री अधिकारी र इन्चार्ज गोकुल पराजुलीले विज्ञप्ति जारी गर्दै ससम्मान रिहा गर्न माग गरेका हुन् ।

मतपेटिका फुटाउने सूर्य जिल्ला कार्यसमितिका कोषाध्यक्ष समेत हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->