बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उमेद्वार डा. सूर्य पाठकले अग्रता लिएका छन् । गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई पछि पार्दै पाठकले अग्रता लिएका हुन् ।
पाठकले ६ हजार ५ सय ७७ मत प्राप्त गर्दा क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छ हजार पाँच सय २० मत प्राप्त गरे । राती सवा नौ बजेसम्मको नतिजा अनुसार पाठक केसी भन्दा ५७ मतले अघि छन् । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले तीन हजार ९ सय ७९ मत पाएका छन् ।





