बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पत्रकार महासंघ बागलुङको साधारणसभा पुस २ गते, नयाँ सदस्यता खुल्ला

पत्रकार महासंघ बागलुङको साधारणसभा पुस २ गते, नयाँ सदस्यता खुल्ला


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७९, बुधबार

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले सोमबारदेखि लागु हुनेगरी १५ दिनका लागि नयाँ सदस्यता खुल्ला गरेको हो ।

महासंघको बिधान अनुसारको योग्यता पुगेका क्रियाशिल पत्रकारले नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने कार्यबहाक अध्यक्ष नविन शिशिर बिकले बताए । पत्रकार महासंघले तयार पारेको आवेदन फाराम भरेर आवश्यक कागजातसहित तोकिएको शुल्क तिरेर इच्छुक पत्रकारले सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।

बैठकले पाँच दिनको अबधि राखेर नविकरण नभएका सदस्यहरुलाई नविकरणका लागि समय दिएको छ । यसअघि गत चैतमा अन्तिम पटक नविकरणको मिति तोकेको शाखाले केन्द्रीय समितिको परिपत्रका आधारमा पाँच दिनको म्याद राखेर नविकरण खुल्ला गरेको हो ।

बैठकले पुस २ गते साधारण सभा गर्ने निर्णय गरेको शाखा सचिव बिजय रानाले बताए । नेपाल पत्रकार महासंघको साधारणसभा पुस ७ र ८ गते हुने भएकाले त्यसअघिनै जिल्ला शाखाको साधारणसभा गर्न लागिएको हो । साधारणसभामा पत्रकार महासंघ बागलुङमा स्थापना भएका सबै पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णयसमेत भएको रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->