आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

भदौरेमा पालिका स्तरिय फुटबल तथा २४ औं पञ्चासे महोत्सव पुष ९ देखी

भदौरेमा पालिका स्तरिय फुटबल तथा २४ औं पञ्चासे महोत्सव पुष ९ देखी


  • ढोरपाटन सम्वाददाता
  • पुष २ २०७९, शनिबार
????????????????????????????????????

पोखरा/कास्की अन्नपूर्ण गाउँपालिका भदौरेमा पञ्चासे महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

भदौरे क्लब र भदौरे आमा समूहको संयुक्त आयोजनामा पुषको दोस्रो साता २४ औं संस्करणको महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मन बहादुर गुरुङले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए ।

‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं ।

सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ’ उनले भने ।

स्थानीय स्तरमा उत्पादित परम्परागत खानाका परिकार तथा कोदोको परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने अध्यक्ष गुरुङले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद ३५ हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ ।

पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ ।

मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुछ«े लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->