शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण

ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

म्याग्दी/ परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्णा गौतम सर्वसम्मत निर्वाचित भएका छन् । कोषको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय ढोरपाटन दैनिक म्याग्दीका संवाददातागौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो ।

कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप खत्री र सचिवमा दिपक श्रेष्ठ रहेका छन् । समितिको सदस्यहरुमा कृष्ण जिसी, दिलकुमारी पुर्जा, सन्तोष गौतम, सचिन शाक्य, कमल खत्री, टकसरा राना, नन्दकुमार पाईजा, नेत्रराज सुवेदी र मिना राम्जाली रहेको महासचिव श्रेष्ठले बताए ।

म्याग्दी उद्योग वाणिज्य संघको हलमा शनिबार भएको कोषको आठौं साधारण सभा तथा चौंथो अधिवेशनको उदघाट्न प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा ( खम्विर) ले गरेका थिए । सोही अवसरमा कोषको सहयात्रा– ३ स्मारिकाको विमोचन समेत गरिएको थियो ।

प्रमुख अतिथि स्थापनाकालदेखि ओमकुमारी शान्तिकोषको आर्थिक सहयोगबाट धेरैको ज्यान बचाउन सफल भएकोमा संस्थालाई धन्यवाद दिदै यस्तै कार्यलाई आगामी दिनमा निरन्तरता दिन आग्रह गरेका थिए । उनले आगामी दिनमा जिल्लाको स्वास्थ्य क्षेत्रको समस्या समाधान र पुर्वाधार निर्माणमा विशेष ध्यान दिने बताए । गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले ओमकुमारी शान्ति कोषको गरिमालाई आगामी दिनमा उच्च राख्दै अगाडी बढ्न कोषको समितिलाई आग्रह गरेका थिए ।

उनले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई छिटो समाधानतर्फ ध्यान दिने जोड दिए । साधारणसभामा नेपाली कांग्रेसका उपसभापति कर्णबहादुर भण्डारी( केवी) मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर खत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले मन्तव्य राखेका थिए । संस्थाका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत, महासचिव लोकेश पुनमगरको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनय श्रेष्ठको आर्थिक प्रतिवेदन रहेको कार्यक्रमको संचालन सचिव सन्दीप खत्रीले गरेका थिए ।

कोषको संरक्षक सदस्यमा ४१ जना, आजिवन सदस्य ८८० जना रहेको संस्थाले आर्थिक संकलन र कोषको प्राप्त ब्याजबाट हालसम्म २७९ जनाको उपचारमा आर्थिक सहयोग गरेको छ । कोषले छिट्टैनै २ करोड ५० लाख रुपैयाँको अक्षकोष घोषणा गर्ने लक्ष लिएको छ ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->