शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

सपथग्रहणअघि सर्वदलीय बैठक ।


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७९, बिहिबार

काठमाडौं/ प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो हुँदैछ । संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो दिनको १ बजेका लागि तय भएको जानकारी दिए ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सा‌ंसदलाई सपथ गराउने छन् । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ ।

राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ । २६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिनेछन् ।

सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउनसमेत अनुरोध गरेको छ । सपथग्रहणअघि मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको गौतमले जानकारी दिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा १०९ गरी २७४ प्रतिनिधिसभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिइसकेका छन् । उनी राप्रपाबाट समानुपातिकतर्फका सांसद हुन् ।

शपथग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->