बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टोलमै योजना सम्झौता : समय र खर्चको बचत

टोलमै योजना सम्झौता : समय र खर्चको बचत


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७९, शनिबार

बागलुङ/ गाउँपालिकाले बार्षिक कार्यक्रम बनाएपछि मन बहादुरलाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेबारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार थिए । गाउँकै खेलमैदान भएकाले आँफैले नेतृत्व गरेर योजना सम्पन्न गर्ने उनको चाहना पनि थियो ।

बडिगाड गाउँपालिका–२ का मान बहादुरलाई लागेको थिएन उपभोक्ता समितिले यती सजिलै कामको सुरुवात गर्छ भनेर । पालिका धाउनुपर्ने, पटक पटकको झण्झट खेप्नुपर्ने, योजना सम्झौताकै लागि हजारौं रुपैयाँ खचिनुपर्ने पूर्वतयारी गरेर बसेका मन बहादुर आफ्नै दैलोमा योजना सम्झौता भएपछि दंग छन् । उनी उपभोक्ता समितिको अध्यक्ष रहेको दनियाँ खेलमैदान निर्माणको योजना सम्झौता आफ्नै टोलमा भएपछि उनको समय र पैसा दुवै बचेको छ । त्यतिमात्रै होइन योजना सम्झौताका लागि पालिका धाउनुपर्ने समय उनले अब त्यही काममा लगाउनेछन् ।

मनबहादुर मात्रै होइन बडिगाडका अधिकांश योजनाका उपभोक्ता समितिले राहत पाएका छन् । बडिगाडले वडा नं. २ मा चालु आर्थिक वर्षमा ४८ वटा योजना सञ्चालन गर्दै छ । यो पटक वडाले योजना सम्झौता र बैंक खाताको लागि वडामै चाँजोे मिलाएको थियो ।

रानाले भने ‘यति कामको लागि पालिका जानुपरेको भए मसहित सचिव कोषाध्यक्षको गाडी भाडा, खाजा खटनपटनले धेरैनै दुख हुन्थ्यो तर वडामा काम बन्यो खुसी लागेको छ । समयसंगै खर्च बच्यो र काम पनि बन्यो अब योजनाको काम सुरु गर्ने बाटो पनि खुल्यो ।’

यस्तै अघिल्लो पटकमा जस्तै यो पटक जिउनिखोला ट्याङ्की निर्माण योजनाको अध्यक्ष रहेका लक्ष्मी रानाले अघिल्लो पटक प्राविधिकको लागत स्टमेन्ट नबुझ्दा खर्च बढ्यो । तर यो पटक उनी सो समस्या जिउनीखोला ट्याङ्की व्यवस्थापन तथा निमार्णमा नहोस् भन्ने हिसाबले काम गर्न चाहन्थिन् । त्यसको लागि पनि सोहि समयले सहयोग पुगेको छ । उनले योजनाको स्टमेट र प्राविधिको सल्लाह अनुशार नै यो पटक काम गर्ने बताइन् ।

लक्ष्मीले भनिन्,‘अघिल्लो पटक प्राविधकको कुरा नबुझ्दा जिउनिखोला ट्याङ्की निर्माण योजनामा काम गर्न मुस्किल भयो, यो पटक त योजना सम्झौतापछि प्रविधिकसंग बुझेर काम शुरु गर्ने हो । बरु थोरै काम होस्, प्रविधिककै सल्लाहअनुसार नै काम गर्ने हो ।’

मनबहादुर र लक्ष्मी मात्र हैन वडामा सम्झैता भएका सबैले वडामा योजना सम्झौताको लागि काम भएकोमा खुसी देखिन्थे । समयसंगै खर्च र काम बनेकोले होला उनीहरुको मुहारमा चमक देखिन्थ्यो ।
टोलमा सम्झौता भएका बाहेकका केहि योजना उपभोक्ता समितिले पालिकामै पुगेर सम्झौता गरेर काम पनि थालिसेका छन् । वडा कार्यलयले पनि बाँकी रहेका केहि योजनाको सौम्झौताको काम पुस मसान्तसम्म सक्ने र योजनाको काम चैत्र महिनाभित्रै सक्नेगरी काम थालेको वडाध्यक्ष ढाल प्रसाद शेरचनले बताए ।

‘अघिल्लो पटक पालिकाभर बडिगाड वडा नं. २ समयमै सबै योजना पुरा गर्ने पहिलो वडा बनेको थियो । यो पटक पनि हाम्रो योजना त्यहि नै छ । सबै समिति पालिका गएर योजना सम्झौता गर्न ढिलो गरेपछि हामीले वडामै योजना सम्झौताको काम ग¥यौ’ वडाध्यक्ष शेरचनले भने, ‘यसले उपभोक्ता समितिलाई पनि सहज भयो । योजनाका काम समेत समयमै शुरु भएर समयमै पुरा हुने हाम्रो विश्वास छ ।’ बडिगाडले सबै वडामा टोलमै पुगेर योजना सम्झौता गरेकाले उपभोक्ताको समय र खर्च बँचेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->