पोखरा / पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरेका छन् ।
पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई आफुले पाएको नगद पुरस्कार सहयोग गरेका हुन् ।
शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
पत्रकार थापाले आइतबार आश्रम मै पुगेर ११ हजार १ सय १० रुपैयाँ सहयोग गरेका हुन् ।
उनले आश्रमकी कास्की जिल्ला सह–संयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन् ।





