बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

डान्सबार र यौनजन्य कार्यका लागि केटी मिलाइदिन्छु भन्दै दुःख दिने ६ जना पक्राउ

डान्सबार र यौनजन्य कार्यका लागि केटी मिलाइदिन्छु भन्दै दुःख दिने ६ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७९, सोमबार

पोखरा/काठमाण्डौंको ठमेलमा डान्सबार क्लब छिराइदिने र यौनजन्य कार्यका लागि केटी मिलाइदिने भन्दै सर्वसाधारणलाई दुःख दिने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साझँको समयमा सर्वसाधरणलाई दुःख हैरानि दिने गरेको भन्ने पोप्य सूचनाको आधारमा प्रहरीले ६ जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका २ घर भई काठमाण्डौ किर्तिपुर बस्दै आएका ४२ वर्षिय नारायण कार्की, नुवाकोट शिवपुरी गाउँपालिका ८ घर भई हाल काठमाडौं कपन बस्ने २२ वर्षिय विशेष थापा,

नुवाकोट पन्चकन्या गाउँपालिका ४ घर भई काठमाडौं फुटुङ नागपोखरी बस्ने ३१ वर्षिय दिपेश तामाङ,ललितपुर गोदावरी ६ शान्तिपथका २२ वर्षिय कृष्ण तामाङ, सिन्धुली दुधौली नगरपालिका १० घर भई ठमेल वस्दै आएका २८ वर्षिय अर्जुन कटुवाल र बैतडी पुरचौडी नगरपालिका ७ घर भई काठमाडौं क्षेत्रपाटी बस्दै आएका २५ वर्षिय यज्ञराज जोशीलाई पक्राउ गरेको प्रवक्ता सूचना अधिकारी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->