बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा वडा १ मा लैंगिक हिंसा विरुद्ध समचेतना कार्यक्रम सम्पन्न

पोखरा वडा १ मा लैंगिक हिंसा विरुद्ध समचेतना कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७९, शनिबार

पोखरा / पोखरा महानगरपालिका वडा १ को आयोजनामा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वडाको आयोजना तथा महानगरको सामाजिक महाशाखाको सहयोगमा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जुक माया परियारको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष साहारा प्रधान, निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले आफ्नो धारणा राखेका थिए ।

हरिचोक आमा समुहकी निर्मला सुवेदी, मोहोेरिया सिंहनाथ टोल विकास संस्थाका गणेश श्रेष्ठ , नेपाल रेडक्रस उपशाखा बगर सभापति जीवन अधिकारी,निवर्तमान वडासदस्य रुद्रप्रसाद सुवेदी लगायतले आफ्नो भनाइ राखेको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।

उनले समाजमा महिला र पुरुष समान रहेको भन्दै एकले अर्काको भावना बुझेर अघि बढेमा हिंसा रोक्न सकिने कुरा कार्यक्रममा राखिएको सुनाइन् ।

लैंगिक हिंसाको अन्त्यका लागि महिला र पुरुषको एक्यवद्धता हुन अत्यावश्यक रहेको उनले बताइन् । कार्यक्रममा अधिवक्ता जुना गुरूङ र प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->