बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यसरी सुरु भयो देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला

यसरी सुरु भयो देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७९, शनिबार

नवलपुर / नवलपुर, चितवन र तनहुँको सङ्गम देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।

गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर आश्रमका पिठाधीश ज्ञानानन्द, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्दसहित सन्तमहन्त, बटुक लगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो। यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो।

यससँगै देवघाटमा माघे सङ्क्रान्ति मेला शुरू भएको छ। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार यस वर्ष विधिवत्रुपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउन थालेका छन्। कोभिड–१९ का कारण तीन वर्ष रोकिएको मेला पुनः शुरू गर्न लागिएको अधिकारीले बताए।

मेलामा पाँच लाख भक्तजन आउने समितिको आकलन छ। मेलामा आउनेका भक्तजनका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले माघे सङ्क्रान्ति मेलाको अवसरमा आज र भोलि नारायणगढ मुग्लिन सडकखण्ड नरोकिने बताए। पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले पुस ५ गतेदेखि दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->