काठमाडौं / सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन् ।
प्रदर्शनमा उत्रिएका पुकार बम, तारा बराल, शाेम शर्मा लगायत केहीलाई पक्राउ गरिएको हाे । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।





