बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गृहबाट बाहिरिँदै रविले भने, ‘फैसलालाई स्वागत गर्छु’

गृहबाट बाहिरिँदै रविले भने, ‘फैसलालाई स्वागत गर्छु’


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७९, शुक्रबार

काठमाडौं / रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए । ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन,’ उनले भने ।

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए । उदास मुद्रामा देखिएका लामिछानेले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको प्रष्ट पारे ।

उनले भने, ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->