बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाए राजीनामा

रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष बुझाए राजीनामा


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७९, शुक्रबार

काठमाडौं / सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्।

सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो।

सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुन: प्रक्रिया पुर्‍याएर नागरिकता लिनुपर्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->