बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार

काठमाडौं / रवि लामिछानेले पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् ।

अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

रवि आउनुअगावै काठमाडौं प्रशासन परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रहरीको समेत बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->