बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

गण्डकीमा नै दुईपटक नियुक्त पाउने भाग्यमानी डा. गिरधारी, तर, कार्यकाल भने अपूरो

गण्डकीमा नै दुईपटक नियुक्त पाउने भाग्यमानी डा. गिरधारी, तर, कार्यकाल भने अपूरो


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७९, सोमबार

पोखरा/ गण्डकी सरकार मातहतका आयोग, विश्वविद्यालय, लोकसेवा, प्रतिष्ठान लगायतमा हालसम्म कसैले पनि दोहोरो नियुक्त पाउन सकेका छैन । तर, योजना आयोगमा भने डा. गिरधारी शर्मा पौडेलको दोश्रोपटक इन्ट्री भएको छ । सरकारको पहिलो र दोश्रो कार्यकालमा लगातार नियुक्ति पाउने उनीमात्रै भाग्यमानी पदाधिकारी हुन । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा. शर्मा पुन नियुक्त भएका छन । तर, सरकार फेरबदलले लामो समय भने काम गर्न पाएका छैनन । यो सरकार पाँचै वर्ष निरन्तर रहेतापनि उनले पाँच वर्षसम्म नै उपाध्यक्ष रहन भने पाउँदैनन । अघिल्लो कार्यकालमा नै योजना आयोगको उपाध्यक्ष नियुक्त गर्नेबेलामा तत्कालीन सरकारले आफैले बनाएको नीति तथा योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश संशोधन गरेको थियो ।

संशोधनको कारण चाहिँ उक्त आदेशमा उपाध्यक्षको उमेर हद न्यूनतम ३५ र अधिकतम ५५ वर्ष तोकिएको थियो । उक्त प्रावधान कारण डा. शर्मा त्यतिबेलै अयोग्य हुन्थे । त्यसकारण मन्त्रिपरिषदले उक्त प्रावधानलाई संशोधन गरेर ६५ वर्ष पु¥याएको थियो । त्यसपछि मात्रै उनी योजना आयोगका उपाध्यक्ष नियुक्त भएका थिए ।

गण्डकीको संस्थापक सरकारको नेतृत्व गरेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई २०७५ साउन ६ गते उपाध्यक्ष नियुक्त गरेका थिए । आइतबारको मन्त्रिपरिषद बैठकले उनलाई योजना
आयोगको उपाध्यक्षमा दोहो¥याउने निर्णय गरेको सरकारका प्रवक्ता रोशनबहादुर गाहाले जानकारी दिए । अहिले उनको उमेर ६३ वर्ष पुगिसकेको छ ।

उमेर ६५ वर्ष नपुगेतापनि मुख्यमन्त्री पदमुक्त भएमा योजना आयोगका पदाधिकारीहरु स्वतः पदमुक्त हुनेछन । उनी गुरुङको सरकार रहँदासम्म उपाध्यक्ष रहेका थिए । स्याङ्जा वाङसिङका ६३ वर्षीय पौडेल योजना र विकास क्षेत्रका विज्ञ हुन् । पौडेलले यूएनडीपीमा पाँच वर्ष काम गरे । उनी एनडीपीका तर्फबाट राष्ट्रिय योजना आयोगमा खटिएका थिए । उनी राष्ट्रिय योजना अनुगमन तथा मूल्यांकन, क्षमता सुदृढीकरण आयोजनाका राष्ट्रिय प्रबन्धकसमेत थिए ।

पौडेलले बैंककबाट एमएस्सी र पीएचडी गरेका छन् । उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङ अध्ययन गरेका छन् । यस्तै, आयोगको सदस्यमा डा. सुवास अधिकारी र डा. शान्ता खत्री नियुक्त भएका छन् । उनी पनि दोश्रोपटक नियुक्त भएका हुन । तनहुँको म्याग्देका अधिकारी माओवादी कोटाबाट सदस्य बनेका हुन । नीति तथा योजना आयोगमा डा. रघुराज काफ्ले उपाध्यक्ष रहँदा पनि अधिकारी सदस्य नै थिए । २०७८ असार २१ गते पनि उनी सदस्यमा नै नियुक्त भएका थिए । कृष्णचन्द्र नेपाली पोखरेलको सरकार रहँदासम्म उनी सदस्य भइसकेका छन भने खगराज अधिकारीको सरकारमा पनि उनी पुनः सदस्यमा नै दोहोरिएका छन ।

उनी यसअघि जनप्रिय बहुमुखी क्याम्पसमा अध्यापन गराउँथे । उनी जलस्रोत र जलसम्पदा क्षेत्रका विज्ञ मानिन्छन । अर्का सदस्य डा. खत्री कास्कीकै हुन् । एमालेले पठाएकी खत्री मादी गाउँपालिका–१२ की हुन् । अहिले उनी पोखरा–२८ मा बस्छिन । उनी पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्रकी उपप्राध्यापक हुन । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन् । उनी योजना आयोगको उपाध्यक्षमा दोहोरिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->