पोखरा/सांगठनिक रुपमा अर्काको खाताबाट रकम ट्रान्सफर गरेको अरोपमा आइएमीआई संचालक सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका १५ सातदोबाटोका हरिप्रसाद ढकालको एनआईसि एसिया बैंकमा रहेको मोबाइल बैंकिङ खाताबाट विभिन्न व्यक्तिहरुको नामको ई सेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंमा आइएमी संचालन गर्दै आएका भारतको बिहार सितामढी मधुरापुर ७ बाजपट्टी थानाका २९ का अवधेश कुमार, बौद्ध जोरपाटी नारायणटार बस्दै आएका सप्तरी कृष्णासवरन गाउँपालिका २ का सुरत लाल चौधरी र ३४ का दिलिप कुमार चौधरी,
पर्सा विन्दवासिनी ८ का ३३ का अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहट रङगपुर १ घरभई हेटौडा बस्दै आएकी २७ वर्षिय रविना चौधरी, बारा कोलबी ४ घर भई हेटौडा ९ गुम्वा चोक बस्दै आएका सन्तोष कुवंर,
बिरगंञ्ज २५ का वर्ष २८ का राजु पटेल, २० वर्षिय साहिल परबेज र १९ वर्षिय शिवशंकर राउत प्रक्राउ परेका हुन् ।
उनीहरुले बुधबार सात सात बजेदेखी विहान १ बजेसम्म रकम ट्रान्सफर गरेका थिए । विद्युतिय माध्यमको प्रयोगबाट उनीहरुले रकम निकालेको प्रहरीले बताएको छ ।
उनीहरु विरुद्ध बैंकिङ कसुर सम्बन्धि मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट मोबाइल ९ थान, ल्यापटप र एटिएम कार्ड एक थान बरामद भएको छ ।





