काठमाडौं / नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले संवैधानिक संकट आउने बताउँदै बेलैमा निर्णय लिन सुझाव दिएका छन् ।प्रतिनिधिसभाको आईतवारको बैठकमा शून्य समयमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘मलाई निर्वाचन प्रणालीका कारण संवैधानिक संकट आउँछ भन्ने लागेको छ । नेपालको संविधानअनुसार संघीय परिषदको मिश्रित निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउँछ भन्ने मलाई लागेको छ’ उनले भने, ‘२०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई, २०७९ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षमा १८ जना निर्वाचित भए, समानुपातिकबाट ९ जना हुँदा २७ जना टाइब्रेकजस्तो भयो । ३३ प्रतिशत पुर्याउनुपर्ने बाध्यताले संवैधानिक संकट छिटो ढिलो आउनेछ यसमा ध्यानाकर्षण होस् ।’
उनले हवाई दुर्घटनासम्बन्धी, नागरिकता र पानीजहाज सम्बन्धी विकेयकहरुलाई तत्कालै अघि बढाउन माग गरे ।





