काठमाडौं / पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश-१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज राति प्रदेश-१ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
प्रदेश-१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भूभागमा बिहानी हुस्सु/कुहिरो लागेकाले दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने विभाले जनाएको छ ।





