बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७९, बुधबार

रुपन्देही /राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीका अनुसार दसौंतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फ तीन मत बदर भएको छ । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->