पोखरा/ पोखरा उद्योग वाणिज्य संघ ६९ औं वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हित रक्षाको खातिर २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुन् । पोखरा व्यापार संघको नाममा स्थापित संघ पोखरामा उद्योगहरु स्थापनापछि २०३५ सालमा पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरित भएको थियो ।
संघ पोखराको जेठो सामाजिक संस्था पनि हो । यहाँको पृथ्वीनारायण कलेज, बालमन्दिरसहित विभिन्न कलेज र विद्यालय एवं पोखरा विश्वविद्यालय स्थापनामा संघको अग्रणी भूमिका रहेको छ । महेन्द्रपुलदेखि पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माणमा पनि संघले आर्थिक सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघकै पैरवीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
‘व्यवसायीहरुको हक हित रक्षाको लागि स्थापना भए पनि संघले आफूलाई सधैँ विकास अभियन्ता र सामाजिक संस्थाकै रुपमा अगाडि बढाउँदै आएको छ’,उनले भने । स्थापना दिवसको अवसरमा बुधबार संघको सचिवालय गैह्रापाटनमा झण्डोत्तोलन गरियो । झण्डोत्तोलन कार्यक्रममा संघका पूर्वअध्यक्ष सुरेशकुमार राजभण्डारी, राजेन्द्रकुमार लालचन,कृष्णमोहन श्रेष्ठसहित संघका वर्तमान पदाधिकारी र कार्यसमितिका सदस्य एवं साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस्तै संघले वार्षिकोत्सवकै अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष पवनकुमार प्रजापतिले पहिलो रक्तदाता फूलबारी ब्यारेक पोखराका सेनानी खेम क्षेत्रीलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदानको शुभारम्भ गरेका थिए । रक्तदान गर्नेहरुमा लक्ष्मी अधिकारी–पोखरा १७, नारायणदत्त दाहाल– पोखरा १० रामबजार, डेनियल गुरुङ– पोखरा २५, खेम क्षेत्री –पर्वत ४, विष्णु गैरे –पाल्पा १४, सुमन मल्ल –बाके १३, विक्रम थापा – लमजुङ १०,गोकर्ण कार्की –पोखरा १४,शरद बास्तोला – फूलबारी ११,सुनिल श्रेष्ठ – पोखरा ४, माधव बस्ताकोटी – पोखरा १४,कृष्णप्रसाद पौडेल –पोखरा ४, भीम गौतम –पोखरा ९,देवेन्द्र केसी –पोखरा १, थानेश्वर तिवारी –पोखरा ३१,स्नेहा श्रेष्ठ –पोखरा ८,मेलिना परियार –पोखरा ५,सीमा गुरुङ – पोखरा १०, एलिशा गुरुङ – पोखरा १५,सजमा खातुन – पोखरा २,रमेशप्रसाद पौडेल – पोखरा ५,सुरज थापा मगर – पोखरा ८,प्रतिक भट्टराई – पोखरा २४,सर्मिला बराल आचार्य – पोखरा १,रामकृष्ण आचार्य – पोखरा १, लेखनाथ सुवेदी – पोखरा ४,नारायण सुदेवी –पोखरा २६,सहदेव श्रेष्ठ – तनहुँ ३,राकेश श्रेष्ठ – पोखरा ८,कोपिला पण्डित – पोखरा ४,गंगा सुवेदी – पोखरा २९,प्रल्हाद अधिकारी – पोखरा १२,राम शर्मा – पोखरा ४,लक्ष्मी पौडेल – पोखरा ३१,सीता कोइराला –पोखरा ४, रवि उदास –पोखरा ३,कमल न्यौपाने – पोखरा ८,महेन्द्र पौडेल – पोखरा ४,प्रतिमा तिवारी चालिसे – पोखरा १७,आकाश श्रेष्ठ – पोखरा ४,करण संजेल –पोखरा ९,प्रेम सुवेदी – पोखरा ४,राजकुमार आचार्य – पोखरा १७, निरु क्षेत्री –पोखरा १२,रघुनाथ दवाडी – पोखरा ७,माधव जोशी – पोखरा ४,सफल बराल – पोखरा १७,राजु खड्गी – पोखरा १,सुजल परियार – पोखरा ४,ओमकुमार श्रेष्ठ – पोखरा १३,मनोज नेपाली –पोखरा ४,स्वस्तिका तामाङ – पोखरा २०,सरला क्षेत्री – पोखरा २९, प्रकृति गुरुङ – पोखरा ९,पार्वती आले – पोखरा ८,दीपेन्द्र पाण्डे – पोखरा ९,दीलिप गुरुङ – पोखरा १९, यमन पौडेल – पोखरा २२,बलराम आचार्य – पोखरा १६, शिशिर क्षेत्री – पोखरा ४,आलोक कार्की – पोखरा ९,सर्मिला तामाङ – पोखरा ३,जेसिक लामा – पोखरा ४,आमिन खान – पोखरा ४,आशा माया मगर – पोखरा ,सविन विक – पोखरा १७,आशिष सुवेदी – पोखरा ९,दीपसन थापा – पोखरा ८,सौगात थापा – पोखरा ८ र प्रवेश गौतम –पोखरा १९ रहेका रक्तदान कार्यक्रममा संयोजक संघका कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गले जानकारी दिए ।
संघको सचिवालय गैह्रपाटनमा आयोजित रक्तदानलाई प्रादेशिक रक्तसंचार केन्द्र गण्डकीले प्राविधिक सहयोग गरेको थियो । रक्तदानमा कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकको चर्को ब्याजदरका कारण उद्योग व्यवसायीहरु प्रताडित बनेको बताए । उनले तत्काल ब्याजदर एक अंकमा झार्न र व्यवसायीहरुको हितको लागि राहत प्याकेज ल्याउन माग गरे । संघका अध्यक्ष पवनकुमार प्रजापतिले रक्तदानमा सहभागी महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सामाजिक कार्यलाई निरन्तरता दिने वचनवद्धता प्रकट गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, प्रादेशिक रक्तसंचार केन्द्र गण्डकीका प्रमुख अर्जुन ज्ञवाली, संघका महासचिव बलराम आचार्य र रक्तदान कार्यक्रमका संयोजक सुदीप प्रधानाङ्गलगायतले मन्तव्य राखेका थिए ।





