बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

आर्थिक क्षेत्रलाई उचित निकास दिनुपर्छ : राष्ट्रपति भण्डारी

आर्थिक क्षेत्रलाई उचित निकास दिनुपर्छ : राष्ट्रपति भण्डारी


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७९, शुक्रबार

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारीबाट खस्किएको आर्थिक क्षेत्रलाई माथि उठाउन गहन अध्ययन गर्नुपर्ने बताएकी हुन् ।

‘आर्थिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि गहन अध्ययन गरी उचित निकास निकाल्नुपर्छ । २३ वर्षदेखि बिनियोजित बजेट पूर्ण रुपमा खर्च हुन सकेको छैन । एकातिर पूजी निर्माणका लागि बजेट कम हुने र अर्कातिर खर्च कम हुँदा अन्य आर्थिक क्रियाकलपामा सरकारी राज्श्वसमेत घटिरहेको छ । देशको आर्थिक अवस्थालाई तिव्रतर बनाउने प्रयासमा तगारो सिर्जना गरेको छ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारी आर्थिक वृद्धिमा कृषि क्षेत्रलाई बढवा दिनुपर्ने बताइन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान दिनुपर्ने बताउँदै अहिलेको प्रयासले हरेक नागरिकको आकांक्षा पूरा गर्न हाम्रा प्रयासहरुले सार्थकता पाएको छ तरु भन्दै प्रश्नसमेत गरिन् ।

उनले अर्थतन्त्रको सुदृढिकरणमा गम्भीर पाइला चाल्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले औपचारिक अर्थतन्त्रलाई संस्थागत गर्न वित्त नीति निर्देशित गर्नुपर्ने बताउँदै सबै प्रकारका आर्थिक क्रियाकलापलाई संसथागत रुपमा आबद्ध गर्दै राजश्व चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->