मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अमेरिकामा रहेकाको फेसबुक ह्याक गरी ठगी गर्ने पोखराका आशिष पक्राउ

अमेरिकामा रहेकाको फेसबुक ह्याक गरी ठगी गर्ने पोखराका आशिष पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७९, शुक्रबार

पोखरा / अमेरिकामा रहेका नेपालीको फेसबुक ह्याक गरि ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १६ लामाचौरका २३ वर्षका आशिष परियारलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनले फेसबुक ह्याग गरेर आफुलाई ५० हजार रुपैयाँ खाचोँ रहेको र नेपालकै बैंकको खातामा रकम जम्मा गरिदिन भन्दै म्यासेज गरेको प्रहरीले बताएको छ ।

पिडितले तत्कालै मोबाइ बैंकिङ मार्फत रकम ट्रान्सफर गरिदिए । रकम प्राप्त गरेपछि दुई दिनसम्म कुनै सम्पर्क नभएपछि पिडितले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा निवेदन दिएपछि प्रहरीले परियारलाई पक्राउ गरेको हो ।

निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत, प्रमाण र ह्युमन इन्टेलिजेन्सको आधारमा उक्त प्रोफाइन ह्याक गरी सोही प्रोफाइल मार्फत विभिन्न वहानामा डिजिटल वालेटहरुमा रकम पठाउन लागउने गरेको आरोपमा पक्राउ गरेको साइबर ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइराखेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->