बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चिल्ड्रेन लाइफलाई आइएसओ चिन्ह, २३ औं वार्षिकोत्सवमा सार्वजनिक

चिल्ड्रेन लाइफलाई आइएसओ चिन्ह, २३ औं वार्षिकोत्सवमा सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७९, शुक्रबार

बागलुङ/ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । सातादेखि विभिन्न क्रियाकलाप गर्दै आएको बिद्यालयले शुक्रबार मुल समारोह गरेको हो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समयअनुसार शिक्षामा सुधार गर्नुपर्ने बताए । उनले आत्मनिर्भर शिक्षाका लागि बिद्यालयहरुले पहल गर्नुपर्ने सुझाव पनि दिएका थिए ।

पछिल्लो समय जागिर खानका लागि मात्रै बिदेश जाने पद्दतीभन्दा उत्पादनको क्षेत्रमा लाग्ने जनशक्ती चाहिएको बताउँदै श्रेष्ठले भने, ‘कृषि क्षेत्रमा काम गरेर आत्मनिर्भर बन्ने अबस्था नआए राम्रो पढाएर बिदेश पठाउने अबस्था आइरहन्छ, कृषिउपज उत्पादन गरेर आयात प्रतिस्थापन गर्न सक्ने जनशक्ती चाहिएको छ ।’

कार्यक्रममा अभिभावक संघका अध्यक्ष केवी रानामगर, अभिभावक हेमराज पौडेल, शिक्षक दिपेन्द्र न्यौपाने, बिद्यार्थीहरु प्रमिस केसी र आस्था पौडेलले बोलेका थिए । कार्यक्रममा प्रधानाध्यापक नवराज श्रेष्ठले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कंडेलको अध्यक्षता, उपाध्यक्ष उशा पौडेलको स्वागत र शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यार्थीले विभिन्न गीत संगीत र अतिरिक्त क्रियाकलाप प्रस्तुतीकरण गरेका थिए ।

यसैबीच, चिल्ड्रेन लाइफ बोडिङ स्कुलले आइएसओ चिन्ह तथा मान्यता पाएको छ । बिभिन्न ५ वटा संस्थागत रुपमा भएको अनुगमन मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले विद्यालयलाई प्रमाणचिन्ह दिएको हो । वार्षिकोत्सवमा कुँडुलेस्थित मुक्तिनाथ बेद विद्याश्रमका संचालक ऋषि प्रपन्नाचार्यले आइएसओ चिन्ह तथा लोगो सार्वजनिक गरेका थिए ।

आइएसओ चिन्ह पाएको बिद्यालयबाट उत्तिर्ण हुने बिद्यार्थीले अन्तराष्ट्रिय बजारमा रोजगारी पाउन सहज हुने बिद्यालयका प्रअ नवराज श्रेष्ठले चिन्ह पाएपछि नियमित गरिने अनुगमनका सूचक अद्यावधिक गर्ने काम चुनौतीको भएको बताए । बिद्यालयको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय मान्यता प्राप्त छ भन्ने प्रमाणित भएकोले बिद्यालयले यो लोगो पाएको श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->