बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

एमालेले गर्यो सरकारबाट फिर्ता हुने निर्णय

एमालेले गर्यो सरकारबाट फिर्ता हुने निर्णय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं / नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

गएको पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्‍याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो ।

तर, सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाए । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरे ।

त्यसपछि एमाले सरकारबाट बाहिरिएको हो । सत्तासाझेदार अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->