पोखरा/६ महिनाअघि कास्कीको रुपा गाउँपालिका ५ देउरालीस्थित मज्र्याङकोट बसौलाथरको एक पुरानो घरमा सडेगलेको अवस्थामा महिलाको शव भेटियो । शव पोखरा महानगरपालिका ३० खुदी बस्दै आएकी गौरी बसौलाको थियो । घटनालाई लुकाउन आत्महत्या देखाउने प्रयास गरिए पनि स्थलगत प्रारम्भिक अनुसन्धानबाट त्यो आत्महत्या नभइ हत्या नै थियो । गौरीका परिवारका सदस्यहरुले हत्या भएको भन्दै प्रहरीमा जाहेरी नै दिएका थिए । तर, घटना भएको ६ महिना बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरी बारम्बार घटनाको नजिक पुगे पनि हत्यारा को भन्ने ठहर नभएको हो । प्रहरी स्रोतका अनुसार केही व्यक्ति शंकाको घेरामा छन् तर प्रमाण अपुग भएकै कारण पक्राउ गर्न सकिएको छैन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले ६ महिनाको प्रगति विवरण सार्वजानिक ग¥यो । तर, रुपाको घटनाको बारेमा भने कुनै जानकारी नै गराएन् । भर्खरै कास्कीको डिएसपीमा श्रवणकुमार विक आएका छन् । पत्रकार सम्मेलनमा उनले पनि यो विषयमा कुनै प्रतिक्रिया दिएनन् । घटनाको अनुसन्धानको नेतृत्व गरिरहेका बरिष्ठ सइ मनोज पाण्डेले अनुसन्धान जारी रहेको बताए । उनले घटनाको नेतृत्व इलाका प्रहरी कार्यालय डाँडाकोनाक हंसपुरको प्रमुखले लिएको र नतिजा चाँडै आउने जिकिर गरे ।
‘घटनालाई लिएर इलाका प्रहरी कार्यालय शिशुवामा जाहेरी परेको छ । हामीले अनुसन्धान गरिरहेका छौँं । तपाईंले भनेझँै केही ढिला अवस्य भएको हो तर कामै नगरि बसेको भने होइन,’ उनले भने,‘शव सडेगलेको अवस्थामा भएकाले पनि कठिनाइ भयो । घटनाबाट कोहि पनि उम्कन भने पाउने छैन् ।’ साउन २६ गते बेलुका घाँस काट्न हिँडेकी गौरी सम्पर्कविहीन भएकी थिइन् । तीन घरमात्रै रहेको उक्त स्थानमा २ घरमा परिवार बस्दै आएका थिए । उनको शव भेटिएको घरको छेउमा श्रीमान् र आमा बस्दै आएका थिए भने माथिल्लो घरमा बुद्धिमान परियारको परिवार बस्दै आएका थिए । गौरीको परिवारले त्यही घरको मुनि बाख्रा पालेका थिए ।
कोहीपनि नबस्ने पुरानो घरमा कुहिएर किरा परेको अर्धनग्न अवस्थामा उनको शव फेला परेको हो । बाहिरबाट ताल्चा लगाएको घरको आँटीमा उनको शव भेटिएको स्थानीय महेश्वर बसौलाले जानकारी दिए । उनका अनुसार घरबाट सिनोको गन्ध आए पनि चाबी लाएको कारण कसैले भित्र गएर हेरेको थिएन् । ‘२६ गते साँझ घाँस काट्न घरबाट हिँडेकी रहिछन्, एक अंगालो घाँस काटेर हराएकी हुन्,’ उनले भने,‘राति हराएको खबर पाएपछि सबैले तलतिर (पोखरा ३० खुदी) नजिकै खोजी भयो । बिहान हामीले सबै तिर खोज्यौँ तर भेटिएन् ।’
सोममाया परियारका अन्ुसार घटनास्थलमा नाम्लो,आँसी, गिलासमा पानी भेटिएको उनले सुनाइन् । ‘डोरी लगाएको छ तर उत्तानो अवस्थामा शव छ । केही पनि चिन्ने अवस्था नै थिएन,’ उनले भनिन् । गौरी वर्षौंदेखि खुदीमै बस्दै आएकी थिइन् । खुदीबाट पुरानो घर करिब १५ किलोमिटरभन्दा बढीको दूरीमा छ ।
स्थानीय बुद्धिबहादुुर परियारका अनुसार सिनोको गन्ध आए पनि मुसा वा केही मरेर। गन्ध आएको होला भनेर ध्यान दिइएन । एक निवृत्त आर्मीले ढोकाको चाबी फोडेर हेर्नुपर्छ भनेपछि प्रहरीको रोबरमा चाबी फुटाएर हेर्दा शव देखिएको थियो । शव गौरीकै भन्ने पहिचान भयो । शव अर्ध नग्न अवस्थामा थियो । भित्री वस्त्र खोलिएको र कसैले तलको अर्को कपडा लगाइदिएको जस्तो अवस्थामा शव भेटिएको प्रहरी स्रोतले बतायो । लासको प्रकृतिले घटना आत्महत्या नभइ हत्या भएको आशंका गरियो । तर, हत्यारा भने अझै पक्राउ परेका छैनन् ।





