बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पृथ्वीचोकमा दुई पुल निमार्ण कार्य अघि बढ्यो

पृथ्वीचोकमा दुई पुल निमार्ण कार्य अघि बढ्यो

दुर्घटना न्यूनीकरण र सवारी जाम घट्ने विश्वास ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७९, बिहिबार

पोखरा/ २०५५ सालमा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल बन्यो । पुल बनाउन मित्रराष्ट्र चीनको सहयोग थियो । तीन स्पान तथा १८० मिटर लम्बाइको दुई लेन पुलको २०५५ कात्तिक २६ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरे । २४ वर्षअघि बनेको सो पुल अहिले पनि मुख्य पोखराको लाइफ लाइन हो । पुलको वारि र पारी फराकिलो सडक बने पनि पुलको आकार उस्तै छ । पोखरामा सवारी चापको वृद्धि भएसँगै पुल सानो भएको छ । साघुँरो भएकै कारण दैनिकजसो दुर्घटनासमेत हुने गरेको छ ।

पुल साँघुरो भएसँगै सोही ठाउँमा नयाँ डिजाइनका दुईवटा पक्की पुल निर्माणको तयारी थालिएको छ । निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाका अनुसार सेतीमाथि नेपालमा बनेका पुलहरुमध्ये नित्तान्त फरक प्रकृतिको पुल निर्माण हुन लागेको हो । उनका अनुसार बीचमा १४० मिटरको स्पाम,२५÷२५ मिटर फुटपाथसहितको पुल १९० मिटरको हुनेछ । कम्पनीले पोखरा रंगशालाको दक्षिण–उत्तरतर्फको क्षेत्रमा अस्थायी क्याम्प निर्माण गर्न सुरु गरिएको छ भने निर्माण सामग्री, फेब्रिकेसन र कंक्रिटका सामानहरु थुपार्न थालेको छ । हाइ स्टे«ेन्थको कंक्रिट पुल निर्माण हुने भएकोले केही समयपछि पुल निर्माण स्थलमा रेडिमिक्सचर राखिने भएको छ ।

निर्माणाधीन दुवै पुल हाल रहेको पुलकै लेवलमा निर्माण हुनेछन् । गाडी गुड्ने भाग साढे ७ मिटर फुटपाथको रुपमा भने दुबै पुलको ३/३ मिटरको क्षेत्र रहने उनको भनाइ छ । साढे १० मिटरको हुने भए पनि टावरसहितको हिसाब गर्दा १३ मिटरको पुल निर्माण हुने उनले बताए ।

चिनियाँ कम्पनीले निर्माण गरेको हाल संचालित पुल ९० मिटरबीचमा राखिएको छ भने सेतीको भाग जोखिम होला भनेर अब बन्ने पुलमो १४० मिटरको जग राखिने भएको छ ।
तीन वर्षमा सक्ने गरी परियोजनाको सेप्टेम्बर २०२२ मा सम्झौता भइसकेको छ । पुलको डिजाइन गर्न नै ६ महिना लागेको छ भने समय सीमाभित्र पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । पुलको लागत ९४ करोड रहेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै जतिसक्दो छिटो पुल निर्माण गर्न पोखरा महानगरले आवश्यक समन्वय गरिरहेको मेयर धनराज आचार्यले जिकिर गरेका छन् ।

माघ २६ गते सोही पुल नजिकै स्कुटर अनियन्त्रित भइ पल्टँदा स्कुटर चालकको मृत्यु भएको थियो । घटनापश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले पृथ्वीचोकदेखि चाइनापुलसम्मको बाटो ६ लेनभन्दा ठूलो भएको र पुल दुई लेनको भएको कारणले दुर्घटनाको जोखिम बढिरहेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->