बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

मुस्ताङमा विश्वविद्यालय खोल्नु चीनको विरुद्धमा : ओली

मुस्ताङमा विश्वविद्यालय खोल्नु चीनको विरुद्धमा : ओली

विदेशीहरुको खेल मैदान बनाउन र त्यहाँको युरेनियममा ध्यान दिएको जिकिर ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७९, आइतबार

पोखरा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको आरोप लगाएका छन् ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् । ‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ ओलीले भने, ‘३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजेको हो ।

स्वाधिनतालाई अस्वीकार गर्न खोजेको हो ? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा विदेशीको खेल मैदान बनाउन खोजेको हो ।’मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय खोल्न खोजेर खास उद्धेश्यका मान्छे मात्र त्यहाँ बसोवास गर्न खोजेको उनले बताए । उनले सो कुरा खतरनाक भएको भन्दै सचेत पनि गरेका छन् ।

ओलीको भनाइ
‘कतिपय राष्ट्रिय विषयहरु छन्। मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो, राष्ट्रियतामाथिको प्रहार हो, मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो । ३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजेको हो । राष्ट्रको सार्वभौमसत्ता र स्वाधिनतालाई अस्वीकार गरेको हो। के हो त ? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गरेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजिएको हो । त्यहाँको युरेनियम त्यसमा ध्यान दिएको हो । त्यहाँबाट ३१ सालमा वाङ्दी भन्नेले मुस्ताङबाट अघि बढाएको हो । त्यही कुरा मार्फाको छेउमा थियो । त्यहाँबाट अब लिएर डोभानथाङभन्दा माथि लाने। जहाँ मान्छे छैन त्यहीँ विश्वविद्यालय लिएर जाने, यसको मतलब भनेको खास उद्धेश्यका पेड मान्छेहरु मात्र त्यहा बस्छन् । र यो एउटा बहुतै खतरनाक कुरा हो । यस्ता अनेक कुराहरु छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->