मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पहाडी जिल्लाहरुमा चट्याङसहित पानी पर्ने सम्भावना

पहाडी जिल्लाहरुमा चट्याङसहित पानी पर्ने सम्भावना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७९, मंगलबार

पोखरा/ देशका केही भागमा आज पनि मौसम बदली भएको छ ।पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->