मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

फेवाताल र बेगनासतालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना २० को मृत्यु

फेवाताल र बेगनासतालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना २० को मृत्यु

पूर्वसूचनाका लागि राखिएको साइरन बिग्रँदा समेत राज्य बेखबर ।


  • विजय नेपाली
  • फाल्गुन २३ २०७९, मंगलबार

पोखरा/ पर्यटकीय सहर पोखराको फेवाताल र वेगनास तालमा ९ वर्षमा ११ डुङ्गा दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै फेवातालमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको तथ्यांक अनुसार ९ वर्षमा फेवातालमा मात्रै आठ दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन् । वेगनासतालमा ३ दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन् ।

शनिबारको घटनामा सुरक्षामा कमजोरी देखिएको छ । विशेषगरी फागुन, चैत र वैशाखको महिनामा चालक विना डुङ्गा लैजान पाइदैन् । तर, चिनजानको आधारमा डुङ्गा दिदाँ दुर्घटना भएको हो । अर्को कारण भनेको दुर्घटनाअघि सूचना नदिनु पनि हो । फेवातालमा मौसम प्रतिकुल भई हुने दुर्घटना न्युनिकरण गर्नका लागि रेस्क्यु टावरमा साइरन राखिएको थियो । फेवातालमा तीन वर्ष अघिसम्म हावाहुरी लाग्यो या मौसममा बदलिसँगै केही जोखिम हुन लाग्यो भने साइरन बज्थ्यो । जब साइरन बज्थ्यो तब डुङ्गा चालक सचेत भएर सुरक्षित स्थानतर्फ लाग्थे ।

तर, ३ वर्षदेखि साइरन बिग्रिएको छ । साइरन बिग्रँदा अहिले तालमा डुङ्गा लिएर घुम्न जानेहरुले जोखिमको थाहै पाउदैनन् । पर्यटनकको आकर्षणको केन्द्रबिन्दु रहेको फेवातालमा हुने सम्भावित डुंगा दुर्घटनामा परेकाहरूको उद्धार एवं क्षति न्यूनीकरणका लागि ‘लेक वाच एन्ड रेस्क्यु टावर’ निर्माण गरिएको छ । २०६९ सालमा निर्माण भएको ३२ फिट अग्लो टावरबाट तालको चारैतिर अवलोकन गर्न सकिन्छ । सोही टावरमा सचेत गराउनका लागि साइरन पनि राखिएको थियो ।

साइरन बिग्रिएको तीन वर्षसम्म पनि कसैले बनाउने प्रयत्न गरेको छैन । फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरिले साइरन बिग्रिएको बताए । ‘पहिला सशस्त्र प्रहरीको टावरमा साइरन राखिएको थियो । हावाहुरी वा मौसममा त्यस्तो गडबडी देखिन थालेमा करिब पाँच दश मिनेट अगाडी साइरन बझ्ने गथ्र्यो त्यो सुनिसकेपछि दुर्घटना हुन् सक्छ भनेर सचेत हुन्थे, अहिले त्यो बिग्रेको छ’, उनले भने, ‘ हिजोको दुर्घटनाले मलाई स्वास्थ्य बिमा गर्नुपर्छ भन्ने पनि लागेको छ । बिभिन्न कम्पनीहरुसँग मिलेर इन्स्योरेन्समा पनि ध्यान दिने सोचेका छौँ ।’

साइरन बिग्रिएको कुरा पोखरा महानगर पालिकाला, सशस्त्र प्रहरी तथा प्रशासन कार्यालयलाई समेत थाहा भएको उनी बताउँछन् । ‘पोखरा महानगरलाई नि खबर गरेका छौँ । यसको जिम्मा सशस्त्र प्रहरीलाई दिएको हो भनेर त्यहाँ खबर गरेका थियौँ । बनाउन बाहिर पठाउन प¥यो कि नयाँ ल्याउन प¥यो भन्ने थियो तर अब यस्तो नहोस् भनेर समितिबाट नै पहल गरेर हामीले नै ल्याएर हाल्ने छौं’, उनले थपे, ‘महानगरपालिकासँग छलफल गरेर एउटा निस्कर्ष निकाल्ने छौ ।’ यस्तै सशस्त्र प्रहरी स्रोतले पनि ३ वर्षदेखि साइरन बिग्रिँदा समस्या भएको जानकारी दियो । सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार साइरनकै कारण पनि कतिपय दुर्घटना टरेको थिए । साइरन नेपालमा नबन्ने र बाहिर लैजाँदा महँगो पर्ने कारणले पनि नबनेको सुनाए । ‘तीन वर्षअघिसम्म साइरन थियो । त्यहाँ अहिले साइरन नै छैन्’ ती अधिकृतले भने ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->