पोखरा / हेरेर वा छोएर विरामी निको पार्ने भन्दै पोखरामा अवैद्य शिविर संचालन गरेका व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीलाई हाजिर जवानीमा छाडिएको छ ।
आज पोखरा महानगरपालिका १७ स्थित पावर हाउस रिसोर्टमा शिविर संचालन गर्दैै विरामीबा एक हजार रुपैयाँका दरले असुल गर्ने गरेका थिए । झापाका भरत भण्डारी उर्फ सीमान्त गुरुले छोएर र हेरेर नै निको पार्ने भन्दै पोखरामा अस्पताल संचालन गर्दै आएका केसीले पोखरा ल्याएका थिए ।
सहायक जिल्ला अधिकारी गुरुदत्त ढकालले नियन्त्रणमा लिएका केसीलाई बिहिबार कार्यालय समयमा हाजिर हुनेगरी छाडिएको जानकारी दिए ।







