बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

तटस्थतामा शङ्का गर्दै राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

तटस्थतामा शङ्का गर्दै राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७९, बुधबार

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘दुवै उम्मेदवार सक्रिय राजनीतिमा हुनुहुन्छ। राष्ट्रपतिको तटस्थ भूमिका निर्वाह गर्न नसक्ने जस्तो लाग्यो। त्यसैले मतदान नगर्ने निर्णय गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने।

यससँगै राप्रपाको मत निर्णायक नभएकाले पनि यस्तो निर्णय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदको गरी राप्रपाको २ हजार ४५० मतभार छ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदै छ। बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यतालिका छ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->