शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा लागुऔषधको बिक्रीमा महिलाको समेत संलग्नता

म्याग्दीमा लागुऔषधको बिक्रीमा महिलाको समेत संलग्नता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७९, शनिबार

म्याग्दीमा प्रतिबन्धित औषधि (लागुऔषध) ओसार–पसार र प्रयोगमा महिल समेत संलग्न देखिएको छ । लागुऔषधविरुद्ध आक्रामक देखिएको प्रहरीले बेनी नगरपालिका–८, कालीपुलबाट बुधबार एक महिलासहित दुईजनालाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेको छ ।

रघुगंगा गाउँपालिका–७, का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीबाट २ सय एम्पुल डाइजापाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनकारी दिए ।

‘पछिल्लो तीनवर्ष यताकै ठूलो परिणाममा लागुऔषध बरामद भएको छ,‘पक्राउ परेकाहरुबाट कनेक्सन खोज्दैछौँ,’ प्रनाउ कुँवरले भने । छिमेकी पर्वतको जलजला गाउँपालिका–३ ,मा बस्दै आएका अभियुक्तले म्याग्दीका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको प्रहरीको अनुमान छ । म्याग्दीको सदरमुकाम बेनीमा पुरुष र महिला नै कुलतमा फसेकाकालाई महिलाको प्रयोग भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

भारतीय बजार जोगवनीमा खरीद गरेको लागुऔषध ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनी भरिया हुन् या कारोबारी भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी बगादास र सार्कीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पछिल्लो दुई सातामा बेनीमा चार जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।

चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ । खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ । आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर सुईबाट लागुऔषध लिनेको संख्या बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७/७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६/७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए । २०७६/७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको थियो भने २०७७/७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद रु. १२ हजार ६० बरामद भएको थियो ।

२०७८/७९ मा ७ एम्पुल डाइजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङ्कमा छ ।
म्याग्दीको सदरमुकाम बेनीमा कुलतमा फसेका यूवाहरु सहित बिक्री गर्न आउनेको निगरानीमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको छ भने पक्राउ परेकाहरुको सूचनाका आधारमा धमाधम पक्राउ गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->