पोखरामा चारदिन अघि हेरेर वा छोएर निको पानर्ने भन्दै सीमान्त गुरु भनिने भरत भट्टराईलाई पोखरा ल्याएर एक कार्यक्रम गरियो ।
व्यवसायी भरत केसीले उनलाई पोखरा ल्याएका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जालबाट अनेकौं तरिकाले ठगी भइरहेको छ । बिहिबार पोखरा आएका भरत भट्टराईलाई विमानस्थलबाट नै भिआईपि कक्षबाट ल्याइएको थियो ।
जिल्ला प्रशासन कार्यालयको सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नै खटाइएको थियो । अन्धविश्वासको उक्त घटनालाई प्रशासन र प्रहरीले नै साथ दिइरहेको छ । अनुगमनको क्रममा अवैद्य शिविर सञ्चालन गरेको ठहर भएको थियो ।
अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालयले व्यवसायी भरत केसीलाई पक्राउ गरेर लगेपनि साझँ भएकाले कार्यालय खुल्ने समयमा हाजिर गराउने सर्तमा छाडिएको थियो ।
उक्त शिविर अवैद्य भन्दै त्यहाँ उठाएको एक लाख २३ हजार रुपैयाँ तत्कालै जफत गरेपनि व्यवसायी र गुरु भनिने भरत भट्टराईलाई प्रशासन र प्रहरीले त्यसै छाडेको छ । शक्तिको आडमा उनीहरुलाई छाडिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार अन्धविश्वासमा राखेर खुल्ला रुपमा रकम असुली गर्दा समेत कुनै कारवाहि नगर्नु शंकाको नजरले हेरिनुपर्ने बताए । सीमान्त गुरु अहिले पनि पोखरामै रहेका छन् ।
जिल्ला प्रशासन र प्रहरीले हल्का रुपमा लिदाँ उनले अहिले पनि लुकीछिपि शिविर सञ्चालन गरिरहेका छन् । यतिमात्र होइन उक्त शिविरमा प्रहरीको दुरुपयोग गर्दा समेत प्रशासन मौन बसेको छ । जिल्ला प्रशासन कार्यालयले अनुसन्धान भइरहेको बताएपनि ति गुरु भने खेलआम आफ्नो धन्दा चलाइ रहेका छन् ।





