शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बाढी पहिरो र नदी दोहनका कारण जलचर र जैविक विविधता नाँसिदै

बाढी पहिरो र नदी दोहनका कारण जलचर र जैविक विविधता नाँसिदै


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

म्याग्दी /वर्षेनी आउने बाढी पहिरो र अनियन्त्रित रुपमा जथाभावी भैरहेको नदी दोहनका कारण म्याग्दीका म्याग्दीका नदी तथा खोलाहरुबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आउँदै गैरहेको छ ।
प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिदै र प्रदुषित हुँदै जानथालेपछि जलचर प्राणीहरुको अस्तित्व नै खतरामा परेको पाइएको छ । म्याग्दी नदीबाट असला माछा,चेपागाँडा,भुरा,गंगटो आदि हराउँदै गएका छन् ।
जथाभावी भैरहेको नदी दोहन,फोहरमौला विर्सजन तथा बाढी पहिरोका कारण कालीगण्डकी,म्याग्दी नदी र रघुगंगा नदीबाट जलचर प्राणी नासिनुका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिदै गएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

विगत ५ वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरुको दोहनका कारण यी नदीहरुमा रहेका जलचरहरु लोप हुँदै गएका उनीहरुको भनाइरहेको छ ।
भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनी सम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन जलविद्युत अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भै वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व संकटमा परेको सरोकारवालाहरुले बताएका छन् ।

नारच्याङ जलचर र जंगलीजनावरहरुको वासस्थानका लागि अत्यन्त अनुकुल स्थानहरु भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाहरुबाट विद्युत आयोजनाहरु निर्माण गर्ने होडबाजी नै चलेकोले यहाँका जलचरहरु संकटमा परेका नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको वातावरण इकाइमा कार्यरत शिव पुर्जाले बताए ।

नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । निर्माणाधिन अवस्थामा रहेका ती जलविद्युत आयोजनाहरुका स्रोत भनेका यहाँ रहेका नदी तथा खोलाहरु नै हुन् ।
त्यसैगरी बाढी पहिरो र नदीजन्य वस्तुहरुको अप्राकृतिक उत्खनन् पनि जलचरहरु नासिनुका मुख्य कारणहरु रहेका वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।

म्याग्दी नदी,कालीगण्डकी र रघुगंगा क्षेत्रमा गएका पहिरो र पहिरोसंगै विभिन्न स्थानहरुबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्वलाइ दिएकोले जलचरको वासस्थान नास हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी चन्द्रमणी सापकोटाले बताए । उनका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइदिएर आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पु¥याइ दिने भएकोले त्यस ठाउँमा रहन सक्ने अवस्था नभए पछि जलचरहरु तलतलतिर सर्दै जान्छन् ।

मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिदै जानुको अर्को कारण हो ।म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुहरुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधनहरु प्रयोग गरेर जथाभावी नदीजन्य वस्तुहरु निकाल्दा त्यसको असर जलचर प्राणीहरुमा पनि परेको र उनीहरु नासिदै गएका वातावरण संरक्षणकर्मीहरुको भनाइरहेको छ ।

त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहोर विर्सजन गर्ने ठाउँ नदी तथा खोलाहरु नै बन्ने गरेका छन् । नदीमा फोहोर विर्सजन गर्दा रासायनिक तत्वहरुको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणवीद्हरुको भनाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->